युवाहरुको क्षमता विकासमा लागु औषध दुव्र्यसनी समस्या

युवाहरुको क्षमता विकासमा लागु औषध दुव्र्यसनी समस्या

दैलेख - नारायण नगरपालिकाका मेयर लोमन शर्माले युवाहरुको क्षमता विकासमा लागु औषध दुव्र्यसनी समस्या बनेको बताउनुभएको छ । सामाजिक विकास कार्यालय दैलेखले सोतमा नारायण नगरपालिकाका वडा नंं. ३, ४, ५ र १० का युवाहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

कार्यक्रममा उपमेयर तप्ताकुमारी थापाले समाजमा विद्यमान जातीय विभेद, लैंगिक हिंसा, घरेलु हिंसा लगायतका सामाजिक कुसंस्कारहरु सामाजिक रुपान्तरणका वाधक बनेको औंल्याउनुभयो । त्यसबखत नारायण नगरपालिका ४ नं. वडाध्यक्ष चन्द्रबहादुर कटुवालले समाजका कुरीतिहरु हटाउन निरन्तर छलफल भइरहनुपर्ने बताउनुभयो । 

युवा अभियन्ता सीता धमलाले युवा जगतलाई सत्मार्गमा लगाउन यस्ता अन्तरक्रिया फलदायी हुने बताउनुभयो । सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख महेशकेशर खनालले समाजमा विद्यमान सामाजिक कुचलन हटाउन सामाजिक रुपान्तरण अभियान चलाइएको प्रष्ट्याउनुभयो । 

कार्यक्रममा युवाहरुको स्वस्थ जीवनका सीपबारे स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक नमराज सुबेदी, जातीय विभेद सवाल र समाधानका उपाय विषयमा अधिकारकर्मी पत्रकार अनुसार र युवाहरुमा लागु औषध दुव्र्यसनी समस्या समाधान विषयमा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले प्रशिक्षण दिनुभएको सामाजिक विकास कार्यालयकी देबी साउदले बताउनुभयो ।   
  

प्रतिक्रिया