बाख्रापालन सम्बन्धि तालिम पाएपछि उत्साहित नाउलेका कृषक

बाख्रापालन सम्बन्धि तालिम पाएपछि उत्साहित नाउलेका कृषक

काठमाडौँ  -  दैलेखको दुल्लु नगरपालिकामा बाख्रापालन सम्बन्धि तालिम सम्पन्न भएको छ  । डीसिय नेपालको साझेदारी दुल्लु नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित गिफ्ट परियोजनाको आयोजनामा सम्पन्न भएको हो ।

दुल्लु नगरपालिका -१ नाउलेमा संचालन भएको  उक्त तालिममा  शान्ति मिलन कृषि समूहका १५ जना र नमुना कृषि समुहका १५ जना गरि जम्मा ३० जना बाख्रा पालक कृषकको सहभागिता रहेको सोसेक नेपालमा कार्यरत कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार तालिम संचालन दुल्लु नगरपालिका -१ का वडा अध्यक्ष तर्क बहादुर खड्काको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रशिक्षकमा सोसेक नेपालद्वारा संचालित बाख्रा गिफ्ट परियोजना संयोजक पुष्कर प्रसाद शर्मा र दुल्लु नगरपालिका पशुविकास शाखा प्रमुख रामचन्द अबस्थी रहनुभएको थियो । 

तालिममा सहभागी भएपश्चात् बाख्रा पालन व्यवसायको परिचय, महत्त्व, तथा उदेश्य र बाख्राका जात, खोर व्यवस्थापन, आहारा व्यवस्थापन  घाँस सरक्षण लगायत दानापानिको व्यवस्थापन लगायतका कुराहरु सिक्न बुझ्न पाएको सहभागिहरुले बताएका छन् । 

त्यस्तै यूएमएमबि पोषणयुक्त ढिका र विभिन्न अवस्थाका बाख्राहरुको हेरचाह विषय समेत तालिममा कृषकहरुलाई सिकाइएको कृषि प्राविधिक माझीले बताउनुभयो ।

 तालिममा सहभागी भएपछि पहिले घरको गोठ छाना र परम्परागत रुपमा बाख्रा पाल्ने घाँस, दानापानी व्यवस्थित लगायत कुराहरु जानकारी नभएको र तालिममा सहभागी प्रेम कुमारी खड्काले बताउनुभयो ।  पहिले आफूहरु पुरानैशैलीमा बाख्रापाल्दै आएको र बाख्रापालन सम्बन्धि राम्रो ज्ञान थिएनु,उहाँले भन्नुभयो,  ुसोसेक नेपालले आयोजना गरेको दुइदिने तालिमबाट धेरै कुराहरु सिक्न बुझ्न पाइयो । आजको तालिममा बसेपछि बाख्रापालन गर्ने तरिका जानकारी भयो ।

 तालिममा सहभागी भएपछि बाख्रा पालन सम्बन्धि आधुनिक तरिकाबाट खोर निर्माण र घाँसको व्यवस्थापन गरे पछि बाख्रा पालन व्यवसाय राम्रो हुनेरहेछ छ भन्ने कुरा तालिमबाट थाहा पाएको सहभागीहरुले बताएका छन् ।

बाख्रापालन सम्बन्धि दुई दिने तालिम पाएपछि नाउलेका कृषक उत्साहित हुँदै  धन्यवाद समेत दिएका छन् । 

 

प्रतिक्रिया