एमालेले रोपेका धान स्याहार्दासम्म सहयोग गर्ने

एमालेले रोपेका धान स्याहार्दासम्म सहयोग गर्ने

दैलेख – नेकपा एमाले धान दिवसमा लगाएको रोपेका धान खेती आवश्यक परे सबै सहयोग गर्ने जनाएको छ । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा शनिबार दैलेखका ९ वटा पालिकामा पार्टी संगठनले रोपेका धान खेती गोडमेलदेखि भित्र्याउने काममा समेत सहयोग गर्ने आज दैलेखमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

दैलेखका ११ पालिका मध्ये महाबु र नौमूले वाहेकका सबै पालिकामा छ सय भन्दा बढी पार्टी कार्यकर्ताहरुले श्रमदान गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । राष्ट्रिय धान दिवसमा रोपेका धान खेतीमा श्रमदान गरिएको खेतबारी सबैजसो अरिमपरिम गर्न नसक्ने विपन्न किसानहरुको रहेको उहाँले सुनाउनुभयो । 

असार १५ गतेका दिन मनाइने धान दिवसको दिन मात्र दहीचिउरा खाने, हिलो खेल्ने लगायतका रमाइलोको लागि खेतमा पाइला टेक्ने गर्ने गरेको आमसर्वसाधरणको टिप्पणीलाई पत्रकारहरु बिष्णु शर्मा, यज्ञराज थापा, अभिशेक अनुराग, तीर्थ भण्डारी, भीम सिजापति, यामराज बिष्टले एमाले नेतृत्वलाई प्रश्न राख्नुभएको थियो ।

त्यसबखत पत्रकारहरुले स्थानीय सरकारहरुले विपन्न किसानहरुलाई मल, बीऊ र प्रविधि हस्तान्तरण, अनुदान अरु कार्यक्रमहरु, कृषि ऋणमा सहजता लगायत कृषिमैत्री कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । त्यस नारायण नगरपालिकाका मेयर लोमन शर्माले आफ्नो पालिकामा साधनश्रोतको उच्चतम प्रयोग गरी कृषिलाई टेवा पु¥याएको बताउनुभयो ।    
 

प्रतिक्रिया