गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सपथ लिनुभएको हो ।

यसअघि गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्टै मन्त्री बन्नुभएका देवकोटालाई नेकपा माओवादी केन्द्रले आफ्नो ह्विप नमानेको भन्दै कारवाही गरेको थियो ।

सर्वोच्च अदालतले देवकोटा माओवादी केन्द्रको सदस्य नरहेका कारण उसले कारवाही गर्न नमिल्ने फैसला गरेपछि पुनः मन्त्री पदको सपथ लिनुभएको हो । देवकोटाले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।  

प्रतिक्रिया