देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोक्यो : गृहमन्त्री लामिछाने

देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोक्यो :  गृहमन्त्री लामिछाने

काठमाडौँ -  रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गर्नुभएको  छ  । 

आइतबार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको बताउनुभयो । 

‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भन्नुभयो, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’ उनले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुपर्ने बताउनुभयो  ।

नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने बताउनुभयो  ।

 उहाँले जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गरेमात्र समस्याको निकास आउने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्ने बताउनुभयो  । सधैँ लोकतन्त्र खतरामा परेको भनेर भाषण गर्ने गरिएको भन्दै भाषण र व्यवहारमा एकरुपता ल्याउन जरुरी रहेको बताउनुभयो  ।

प्रतिक्रिया