एमाले अध्यक्ष ओलीलाई कुराएर बालुवाटारकै अर्को बैठकमा हिडे प्रचण्ड

एमाले अध्यक्ष ओलीलाई कुराएर बालुवाटारकै अर्को बैठकमा हिडे प्रचण्ड

काठमाडौँ -   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहीबेरका लागि निस्किनुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड ओलीसँगको भेट रोकेर भर्खरै निस्किनुभएको हो । 

प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार, उहाँहरू फेरि केहीबेरमा वार्तामा जुट्ने कुरा रहेको छ ।  अहिले ओली प्रचण्डलाई कुरेर बालुवाटारमै बसिरनुभएको छ ।  प्रचण्ड भने परिषद्को बैठकमा सहभागी हुनुभएको छ । 

सोमबार बिहान साढे ९ बजेदेखि प्रचण्ड र ओली बालुवाटारमा छलफल गरिरहनुभएको हो । 

प्रतिक्रिया