एमाले अध्यक्ष ओलीलाई कुराएर बालुवाटारकै अर्को बैठकमा हिडे प्रचण्ड
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहीबेरका लागि निस्किनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड ओलीसँगको भेट रोकेर भर्खरै निस्किनुभएको हो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार, उहाँहरू फेरि केहीबेरमा वार्तामा जुट्ने कुरा रहेको छ । अहिले ओली प्रचण्डलाई कुरेर बालुवाटारमै बसिरनुभएको छ । प्रचण्ड भने परिषद्को बैठकमा सहभागी हुनुभएको छ ।
सोमबार बिहान साढे ९ बजेदेखि प्रचण्ड र ओली बालुवाटारमा छलफल गरिरहनुभएको हो ।
प्रतिक्रिया