बिदेशी जागिर त्यागेर स्वदेशी उद्यममा रमाएका खड्का

मौरीपालन, तरकारी खेती र भैँसीपालनबाट गर्छन मनग्य आम्दानी

बिदेशी जागिर त्यागेर स्वदेशी उद्यममा रमाएका खड्का

काठमाडौँ -  दैलेखका टेक बहादुर खड्का पहिले रोजगारीका लागि भारतमा जाने गर्नुहुन्थ्यो  । २०५२ सालबाट भारत जान सुरु गर्नुभयो । भारतमै करिब २५ वर्ष बिताउनुभयो । करिब २५ वर्ष भारतको मुम्बईमा सुरक्षा गार्ड भएर बिताउनुभयो  ।

२५ वर्षसम्म घरपरिवारसँग छुट्टिएर उतै बस्नुभयो । त्यहीको कमाईले दुइ छोरा र एक छोरी पढाउनुभयो ।  घरजहानको पालनपोषणका लागि लामो समय भारत बसेपछि अन्त: उहाँ आफ्नै गाउँ, आफ्नै देश फर्किनुभयो । स्वदेश फर्केर  स्वदेशमै उद्यम गर्ने सोच बनाउनुभयो ।   लामो समयसम्म घरपरिवारबाट छुट्टिएर टाढा बसेका उहाँ अन्त: नेपाल फर्कनुभयो । आफ्नै देशमा सुख दुःख गरेर परिवारसँग बसेर देशमै केही गर्छु भनेर नेपाल फर्केको उहाँ बताउँनुहुन्छ । 

दैलेखको दुल्लु नगरपालिका -२ बोडका ५९ वर्षका टेक बहादुर खड्काले  रोजगारीका लागि बालोजोबन र युवाअवस्था भारतमै बिताएका टेक बहादुर दश वर्ष अघि दश वर्ष अघि ५० वर्षको उमेरमा स्वदेश फर्कनुभयो । लामो समय परदेश बसेर भारतबाट स्वदेश फर्केका टेक बहादुरले आफ्नै देशमा केही उद्यम गर्ने सोच बनाएर उद्यममा लाग्नुभयो । र उहाँले आफ्नै गाउँमा मौरीपालनको सम्भावना देख्नुभयो । व्यवसायिक तरकारी खेती हुँदै बाख्रापालन, भैँसीपालनको समेत राम्रो सम्भावना देखेपछि सम्भावित व्यवसाय सुरु गर्नुभयो । 

भारत भन्दा नेपालमै सम्भावना देखेपछि भारतबाट स्वदेश फर्केका उनले मौरीपालन, व्यवसायिक तरकारी, भैँसीपालन व्यवसाय रोजेको उहाँ बताउँनुहुन्छ । भारत जादा आउँदा नै उमेर ढल्केको पत्तै भएनु,उहाँले भन्नुभयो,उमेर ढल्कदै गयो । अवस्था उस्तै थियो । भारत नगए खान लगाउन नसकिने । त्यसपछि स्वदेशमै केही गर्नुपर्छ भन्दै नेपालमै व्यवसाय रोजेँ ।'

भारतमा जान छोडेर २०७१ सालमा व्यवसाय सुरु गरेका उहाँ अहिले स्वदेशमै व्यवसायमा जम्नुभएको छ । उहाँले अहिले मौरीपालन, व्यवसायिक तरकारी खेती गर्दै आएको उहाँ बताउँनुहुन्छ  । भारतबाट फर्केर व्यवसायिक तरकारी खेती सँगै मौरीपालन व्यवसाय गर्दै आएको छुु',उहाँले भन्नुभयो, 'पहिले देखि नै भारत नगएर यहीँ व्यवसाय गरेको भए अहिले धेरै राम्रो हुन्थ्यो, ढिलै भए पनि समयमै सुरु गर्दा खुशी छु ।’

करिब २५ वर्ष लामो समय भारतमा बिताएका उनी समयमै नेपाल फर्केर व्यवसाय गर्न नसक्दा भने अहिले उहाँलाई पछुतो लागेको छ ।

करिब ९ रोपनी जग्गामा केराखेती समेत गरेका उहाँले केराका थाम सुम्सुम्याउँदै', उहाँले भन्नुभयो, ‘सोसेक नेपालले नयाँ जोश र उत्साह थपेको छ । यो जोश र उत्साहसँगै भारतमा बिताएका वर्षहरु पनि यहाँ बिताउँन पाएको भए झनै उत्साहित हुँदै व्यवसाय गर्थेहोला सोच्दै कल्पनामा हराउँछु ।’

सोसेक नेपालद्वारा दुल्लु नगरपालिकामा ग्रिन कर्णाली परियोजना संचालनमा रहेको छ । ग्रिन कर्णाली परियोजना अन्र्तगत उहाँलाई मौरी सहितका आधुनिक घार समेत सहयोग पाउनुभएको छ  । ५ वटा आधुनिक घार, र ५ वटा खाली घार गरेर दश वटा घार सहयोग पाएपछि झनै मौरीपालन व्यवसायमा नयाँ जोशका साथ लागि परेको उहाँ बताउँनुहुन्छ । सोसेक नेपालले आधुनिक र खाली गरेर दशवटा घार सहयोग गरेको छु',उहाँले भन्नुभयो, 'अहिले गोला विवाजन गरेर १० वटै घारमा मौरी रहेका छन् ।’

खड्काले पहिले मुढे घारमा मौरी पालन गर्दै  थिए सोसेक नेपालले मौरी सहितको आधुनिक घार दिएपछि मौरीपालन व्यवसायमा नयाँ जोशका साथ अघि बढ्ने बताउँदै सोसेक नेपालाई धन्यवाद समेत दिनुभयो । 

भारताट फर्केर व्यवसायमा रमाएका खड्का अहिले मौरीपालन, व्यवसायिक तरकारी खेती, केरा खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

 रोजगारी का लागि भारत गएका टेक बहादुरले भारतमा धेरै मेहनेत गरेता पनि उनको भारतमा राम्रो कमाई भएन त्यसपछि उहाँ नेपाल फर्केर गाउँ घरमै तरकारी खेति मौरी पालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

भारतबाट गाउँ फर्केर व्यवसायिक कृषि खेतीमा होमिएका उहाँले मौरीपालनसँगै, बाख्रापालन, भैँसीपालन, केरा खेती समेत गर्दै आएको उहाँ बताउनुहुन्छ  । लामोसमयसम्म सुरक्षा गार्डको काम गरेर नेपालमै व्यवसाय रोजेँ',उहाँले भन्नुभयो,'अहिले ९ रोपनी जग्गामा केरा खेती, मौरीका १० वटा घार, १२ वटा बाख्रा रहेका छन् ।’

२०७१ सालबाट व्यवसायिक कृषि सँगै मौरीपालनमा होमिएका खड्कालाई सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना मार्फत मौरी सहित आधुनिक घार ५ वटा र खाली घार ५ वटा गरि जम्मा १० वटा घार सहयोग गरेको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीले बताउनुभयो ।

उहाँका अनुसार अहिले खड्काले गोला विभाजन गरि १० वटै घारमा मौरीपालन गर्दै आउनुभएको छ । पहिले खड्काले मुडे घारमा मौरी पालन गर्नुभएको थियो सोसेक नेपालले आधुनिक घार सहयोग गरेपछि झनै खुशी हुँदै पहिले भन्दा उत्साहित भएको प्राबिधिक माझीले बताउनुभयो । 

प्रतिक्रिया