कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ ।  एमालेसँग सत्ता सहयात्राको तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ । ।

आज (मंगलबार) बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी उहाँले पदाधिकारी बैठक बोलाउनुभएको हो  ।

‘बैठकमा सत्ता समीकरण र एमालेसँग मिलेर सरकार निर्माण प्रक्रियाबारे छलफल हुने छ,’ कांग्रेस नेता जीवन परियारले भन्नुभयो ।  एमाले र कांग्रेसबीच गएराति सत्ता सहकार्य गर्ने सहमति भएको थियो। 

प्रतिक्रिया