तथ्यांक व्यवस्थापन गर्न पालिका शिक्षा प्रमुखलाई तालिम

तथ्यांक व्यवस्थापन गर्न पालिका शिक्षा प्रमुखलाई तालिम

दैलेख – सामुदायिक विद्यालयहरुका तथ्यांकहरु अनिवार्य रुपमा अनलाइनमा अभिलेखीकरण गर्न पालिका शिक्षा प्रमुखहरुलाई तथ्यांक व्यवस्थापन तालिम दिइएको छ । सामाजिक विकास मन्त्रालयको मानव संसाधन विकास केन्द्रले दैलेखका ११ वटै पालिका शिक्षा प्रमुखहरुलाई तालिम दिएको हो । 

सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको वैयत्तिक विवरण, शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यालयको भौतिक सम्पतिको यथार्त विवरणसंगै विद्यालयका दैनिक शैक्षिक क्रियाकलाप समेतको विवरण अनलाइनमा प्रविष्ट गर्ने विधि र उपयोगिता विषयमा प्रशिक्षित गरिएको जानकारी दिइएको छ । 

पालिका शिक्षा प्रमुख र शिक्षक प्रतिनिधि समेत २६ जनाको सहभागितामा हिजो र आज सञ्चालित तालिममा विद्यालयका विद्यार्थी र शिक्षकको विवरण, भौतिक तथा शैक्षिक क्रियाकलापहरु अनलाइनमा प्रविष्ट गर्ने विधि र तथ्यांकीय एकरुपता सवालमा शिक्ष रुपेश चन्द, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृतद्वय बलबीर सुनार, बमबहादुर नेपालीले सहजीकरण गर्नुभएको थियो । 

सामाजिक विकास कार्यालय दैलेखका इञ्चार्ज महेशकेशर खनालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मानव संसाधन विकास केन्द्रका उपसचिव जवाहरलाल हमाल, मन्त्रालयका प्रशासन शाखा प्रमुख सुवर्ण खड्का, भगवतीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख मानबहादुर बिक, हिमालय मावि भवानीकी प्रधानाध्यापक राधिका बज्राचार्यले तालिमको महत्वबारे बोल्नुभएको थियो ।  

प्रतिक्रिया