दुल्लू-१२ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य

दुल्लू-१२ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य

काठमाडौँ  – वालविवाह रोक्न दुल्लु नगरपालिका १२ नंं. वडा छुट्टै जुक्ति निकालेको छ  । आफ्नो वडा क्षेत्रमा विवाह गर्ने दुलाह वा दुलहीले वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस लिनुपर्ने निर्णय गरेको छ । 

‘बालविवाह रोकथामका लागि वडा क्षेत्रमा विवाह गर्ने दुलाह वा दुलहीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनपर्ने वडाले निर्णय गरेको छ’ दुल्लु नगरपालिका–१२ का वडाध्यक्ष लिलाराम लम्सालले जानकारी दिनुभयो । 



वालविवाहले आर्थिक, सामाजिक तथाा साँस्कृतिक सम्वन्धहरु खटपट हुने महिला माथि घरेलु हिंसा, मानसिक तथा शारीरिक हिंसा हुन थालेपछि यो निर्णय गर्न सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाले प्रस्ताव गरेको थियो । 

‘हामीले अनुरोध ग¥यौं, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले निर्णयमा लिइदिनुभयो’ सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाकी कार्यक्रम संयाेजक मीना शाहीले भन्नुभयो । 

बालिका माथि हिंसा, दुव्र्यवहार विरुद्ध सचेतना जगाउदै बालिकाहरुको ज्ञान, सीप र चेतनाले आत्मविश्वासी र क्षमता विकास गराउने मुख्य उद्देश्य रहेको बालिका सशक्तिकरण परियोजना दैलेखको दुल्लू र सुर्खेतको चौकुने गाउँपालिकामा सञ्चालन भएको छ । 
 

प्रतिक्रिया