साल्ट ट्रेडिङले बढायो नुनको मूल्य
आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम
काठमाडौं- आयो नुनको मूल्य वृद्धि भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले घाटा थेग्ने नसक्ने भएपछि नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङले ८ वर्षपछि नुनको मूल्य बढाएको हो ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो । निर्धारण गरिएको थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ ।
उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ । यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो ।
निर्धारण गरिएको मूल्य आज राति १२ बजेबाट लागू हुने छ । कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राज भण्डारीले नुनको मूल्य समायोजन गरिएको बताउनुभयो ।
प्रतिक्रिया