खोपको पहुँचमा उत्कृष्ट कार्य गरेकोमा सल्यानमा दुई पालिका र स्वास्थ्यचौकी सम्मानित

खोपको पहुँचमा उत्कृष्ट कार्य गरेकोमा सल्यानमा दुई पालिका र स्वास्थ्यचौकी सम्मानित

सल्यान -   सबै बालबालिकालाई खोपको पहुँचमा ल्याई खोप सुनिश्चित गर्न उत्कृष्ट कार्य गरेकोमा सल्यानका दुई स्थानिय तह र पाँच स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ ।

 जिल्ला खोप समन्वय समिति, जिल्ला कोभिड खोप अभियान तथा अनुगमण समितिको सिफारिसमा जिल्लाको त्रिवेणी गाउँपालिकालाई जिल्लाकै सर्बोत्कृष्ट पालिकाको रुपमा नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । यस्तै जिल्लाकै छत्रेश्वरी गाउँपालिकालाई उत्कृष्ठ पालिकाको रुपमा नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

यस्तै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा शारदा नगरपालिकाको मार्के स्वास्थ्य चौकी, सिद्ध कुमाख गाउँपालिकाको चाँदे करेन्जी स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिकाको कुपिण्डे दह स्वास्थ्य चौकी, छत्रेश्वरी गाउँपालिकाको छाँयाक्षेत्र स्वास्थ्य चौकी र दार्मा गाउँपालिकाको दार्माकोट स्वास्थ्य चौकीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप कार्यक्रम संयोजक तारा प्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्यान पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भैसकेको अवस्थामा कुनै पनि बालबालिका खोपबाट नछुटुन भनेर पालिका र स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्न सम्मान गरिएको उहाँको भनाइ छ ।

 तथ्यांक अनुसार देशभरका १६ प्रतिशत बालबालिकाले पुर्ण खोपको मात्रा पाउन सकेका छैनन् । सबै बालबालिकालाई खोपको पहुँचमा ल्याई जिल्लामा खोप विहिन वा खोपको कुनै मात्रा नपाएका बालबालिकाको अवस्थालाई शुन्यमा झार्न यो कार्य महत्वपुर्ण हुने उहाँले बताउनुभयो ।


 

प्रतिक्रिया