बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
काठमाडौँ - अर्घाखाँचीमा ६ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
मालारानी गाउँपालिका ६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्मबहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको छ। इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया