ग्वार्को चोकमा ‘फ्लाई ओभर’ तीव्र गतिमा हुँदै निर्माण कार्य
ललितपुर - उपत्यकाका व्यस्तमध्ये एक ललितपुरको ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत ग्वार्को चोकमा २ वर्षअघिदेखि ‘फ्लाई ओभर’ निर्माण जारी छ । सुरुमा डिजाइन नमिलेको भन्दै रोकिएको ‘फ्लाई ओभर’ निर्माणकार्यलाई अहिले तीव्र पारिएको हो ।
चक्रपथमा सवारी ट्राफिक घटाउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ग्वार्को फ्लाईओभर २०८१ सम्म सम्पन्न गर्ने समयसीमा तोकेको छ ।
अहिले यो ‘फ्लाई ओभर’मा माटो भर्ने काम भइरहेको छ । निर्माण कम्पनी आशीष–समानन्तर–रेलिगेरले २०७८ माघ २७ गते ‘फ्लाई ओभर’ निर्माणको ठेक्का पाएको थियो ।
सम्झौतामा काम सम्पन्न गर्न सक्ने अवधि दुई वर्ष थियो । चक्रपथ सडकखण्डमा ट्राफिक जाम नियन्त्रण र व्यवस्थापन सहज बनाउन सरकारले ग्वार्कोमा फ्लाई ओभरको योजना ल्याएको हो ।
प्रतिक्रिया