हिमाली जिल्ला मुगुका ३५ जना किसान पुरस्कृत

३ जना मुख्यमन्त्री उत्कृष्ट किसान बाट र ३१ जना प्रोत्साहन बाट पुरस्कृत

हिमाली जिल्ला मुगुका ३५ जना किसान पुरस्कृत

काठमाडौँ  -  हिमाली जिल्ला मुगुका ३५ जना किसान पुरस्कृत भएका छन् ।

३ जना मुख्यमन्त्री उत्कृष्ट किसान बाट र ३१ जना प्रोत्साहन बाट पुरस्कृत भएका हुन । जसमा मुख्यमन्त्री उत्कृष्ट किसान बाट छायानाथ रारा नगरपालिका वडा नं १३ का अङ्गबहादुर रोकाया प्रथम हुनुभएको छ । उहाँ विगत देखिनै कागती खेती गर्दे आउनु भएको छ । यस्तै शर्मिला कार्की दोस्रो हुनुभएको छ भने जासन्त कुलाल तेश्रो स्थानमा आएको कृषि विकास कार्यालय मुगुले जनाएको छ । 

कार्यालयका अनुसार उनीहरू लाई क्रमशः ४० हजार ३० हजार र २० हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीले बताउनुभयो  । 

उहाँका अनुसार अन्य ३१ जना लाई रैथाने बाली , खाद्यान्न बाली दलहन  तेलहन बालीमा ५ रोपनी सम्म गर्ने २० हजार र यो भन्दा बढी प्रति रोपनी २ हजारका दरले नगद रकम पनि वितरण गरिएको शाहीको भनाई छ । त्यस्तै फलफूलमा एक सय बोट बरावर २० हजार रकम प्रोत्साहन स्वरूप सम्मान पत्र र नगद हस्तान्तरण गरेको बताइएको छ ।

आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की , प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि लगायत अन्य सरोकारवाला निकायहरूले किसान लाई नगद र सम्मान पत्र सहित पुरस्कार वितरण गरेका थिए ।

यो कार्यक्रम विशेष गरेर किसानहरू लाई प्रोत्साहन , हौसला र प्रेरित गर्न कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन र कृषि पेसा बाटै आत्म निर्भर बन्ने हेतुले यो कार्यक्रमको थालनी गरिएको कार्यालयले जनाएको छ ।

पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको किसान अंग बहादुर रोकायाले बताउनुभयो  । उहाँले अनुदानमुखीभन्दा पनि किसानको उत्पादन मुखी र आत्मनिर्भरमा कृषिका कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया