विद्यालयको सुशासनका लागि विद्यार्थीलाई तालिम

विद्यालयको सुशासनका लागि विद्यार्थीलाई तालिम
सुन्नुहोस्

जुम्ला – विधालयको शुशासनमा बाल अग्रसरताा विषयमा जुम्लामा बाल क्लवलाई अभिमुखीकरण तालिम दिइएको छ । जुम्लाकाे चन्दननाथ नगरक्षेत्रका भैरव मावि धुपीढुस्का, मालिका मावि र शम्भुनाथ ज्ञानकुन्ज मावि श्रीदुस्कामा सम्पन्न भयो । 

विधार्थीको अनुशासन, कर्तव्य र दायित्व वोध गराउन, ज्ञान, चेतना, कला, सिप र नैतिक शिक्षामा बालबालिकाको चेतना अभिबृद्धि गराउनसंगै अन्धविस्वास र रुढीवादी परमपरालाई अन्त्य गर्न सुशासनमा विधार्थीको भूमिका विषयमा अभिमुखीकरण तालिम सञ्चालन गरिएको बताइएको छ ।  

एइआईएन नेपालको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित विहानी परियोजनाले चन्दननाथ नगरपालिकासंगको समन्वयमा उक्त अभिमुखीकरण कार्यक्रम गरिएका सोसेक नेपाल विहानी परियाजना फिल्ड सहायक तथा सामाजिक मनोविर्शकर्ता गौरी भण्डारीले जानकारी दिनुभयो । 

शिक्षा, जीविकोपार्जन र लैंगिक मूलप्रवाहीकरण सवालमा सञ्चालन हुने बिहानी परियोजना बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, २, ६, ७ र ८ मा अनि जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नं. १, ४, ५, ६, ८ र ९ मा पनि सञ्चालन भएको साेसेक नेपालले जनाएकाे छ ।

प्रतिक्रिया