चौरजहारीबाट स्मार्ट लाइसेन्स वितरण सुरु

चौरजहारीबाट स्मार्ट लाइसेन्स वितरण सुरु

रुकुमपश्चिम -   यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमले स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको काम सुरु गरेको छ । कार्यालयले बिहीबारदेखि स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको काम सुरु गरेको हो । 

कार्यालयले २०८० साल साउन २२ गतेदेखि सेवा सुरु गरेको थियो । सेवा सुरु गरेको एक वर्षभित्रै कार्यालयको पहलकदमीले सेवा ग्राहीलाई स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्न सफल भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाइले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागबाट कार्यालयमा १ हजार ५ सय ११ वटा स्मार्ट लाइसेन्स आइपुगेका छन् । बिहीबार पहिलो दिन २५ जना सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गरिएको छ । अन्य स्मार्ट लाइसेन्स लिन बाँकी रहेका सवारी चालकलाई सूचना मार्फत जानकारी बनाएको र  वितरण प्रक्रिया नियमित गरिने प्रमुख चपाइले जानकारी दिनुभयो ।

कार्यालयमा प्राप्त भएका २ सय ५० स्मार्ट लाइसेन्स नवीकरण गरेका र बाँकी  १ हजार ६१ लाइसेन्स नयाँ आएका हुन् ।  यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट हालसम्म १ हजार नै सय ५१ लाइसेन्स जारी भएका छन् । हाल कार्यालयबाट मोटरसाइकल, स्कुटर, जिप, कार र अटो रिक्साको चालक अनुमति पत्र जारी भएका छन् । 

अन्य ठाउँमा स्मार्ट लाइसेन्स दुई वर्षभन्दा बढी समय लाग्ने गरेकामा  चौरजहारीबाट भने एक वर्ष नहुँदै स्मार्ट लाइसेन्स वितरण गर्न सफल भएको कार्यालयले जनाएको छ । अनुमति पत्र लाइसेन्सको लागि रुकुम पश्चिम, पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, डोल्पा र कालिकोटसम्मका सेवाग्राही आउने गरेको कार्यालय प्रमुख चपाइले जानकारी दिनुभयो ।

चौरजहारीमा २०७६ साल भदौ १२ गते यातायात कार्यालय स्थापना भए पनि तीन वर्षपछि २०७९ फागुन २१ गतेदेखि सेवा प्रारम्भ भएको थियो । 

प्रतिक्रिया