सोसेकको स्थलगत अनुगमन : पर्यावरणीय कृषिमा हौसिदै कृषक

सोसेकको स्थलगत अनुगमन : पर्यावरणीय कृषिमा हौसिदै कृषक


काठमाडौँ - दैलेखको दुल्लु नगरपालिका २ मा रहेको भगवती बडापोखरा कृषक समूह पर्यावरणीय नमुना गाउँमा स्थलगत अनुगमन तथा कृषकहरुसँग छलफल गरिएको छ । दैलेखको दुल्लु नगरपालिका -२ मा रहेको पर्यावरणीय कृषि नमुना गाउँको स्थलगत अनुगमन गरिएको हो । डिसीय नेपालको साझेदारी सोसेक नेपाद्वारा दुल्लु नगरपालिका -२ बडापोखरामा संचालित ग्रिन कर्णाली परियोजना संचालनमा रहेको छ ।

ग्रिन कर्णाली परियोजनाद्वारा संचालित बडापोखरा कृषक समूहले संचालन गरेको जलवायमैत्री पर्यावरणीय नमुना गाउँको स्थलगत अनुगमनसँगै कृषकहरुबिच छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो ।  उहाँका अनुसार स्थलगत अनुगमन तथा कृषकहरुसँगको अन्तक्रिया कार्यक्रममा  ग्रिन कर्णाली परियोजनाका कार्यक्रम संयोजक पुस्कर शर्मा रहनुभएको थियो । स्थलगत अनुगमनसँगै कृषकहरुसँग अन्तक्रिया कार्यक्रम गर्नुभएको थियो । 

स्थलगत अनुगमनका क्रममा दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजाल उपप्रमुख बिना कार्की रहनुभएको थियो । 

त्यस्तै सोसेक नेपाल दैलेखद्वारा वोर्ड फिल्ड भिजिट अन्र्तगत भगवती वडापोखरा कृषि समूहमा अनुगमन गरिएको माझीले बताउनुभयो  । 

स्थलगत अनुगमनमा सोसेक नेपालका उपाध्यक्ष कविराज रिजाल,कार्यकारी सदस्य कमला शर्मा, मिल अफिसर तारा शर्मा, र मिल अफिसर पदमराज जैसीले  कृषकहरुले लगाएको फलफूल तथा तरकारीको अनुगमन, गर्नुभएको थियो । 

कृषि जलवायु मैत्री प्रविधिहरु, रोगकिरा व्यवस्थापन, हरित उद्यमको अभ्यास,  सिचाइँ, व्यवस्थापन माटो तथा खाद्य व्यवस्थापन र प्रयोग गरिएका जलवायु मैत्री कृषि औजार तथा प्रविधिहरु सम्वन्धि अनुगमन गरिएको माझीले बताउनुभयो  ।

स्थलगत अनुगमन, छलफल र अन्तरक्रिया पश्चात् सोसेक नेपालद्वारा सन्चालित ग्रिन कर्णाली परियोजनाले कृषकहरुमा कृषि क्षेत्रमा आर्कषण वढाएको प्राविधिक माझीको भनाई छ ।
परियोजना संचालन् भएपश्चात् पहिले भन्दा परियोजना सन्चालन भएदेखि फलफूल,तरकारी समुदायमै उत्पादन हुने र समुदायमै खपत हुने गरेको छ । 

परियोजना संचालन भएपछि कृषकहरुमा सकारात्मक प्रभाव पर्नुका साथै व्यवसायिक कृषिमा कृषकहरु हौसिदै गएका छन् । 


 

प्रतिक्रिया