नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं - नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालले जनाएको छ । नेकपा एमालले माओवादीसँग गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया