वर्षाका कारण पहिरो जाँदा मुसिकोटको गाउँ उच्च जोखिममा

वर्षा नरोकिएको र पहिरो झरिरहेका कारण गाउँ नै त्रसित

वर्षाका कारण पहिरो जाँदा मुसिकोटको गाउँ उच्च जोखिममा

रुकुमपश्चिम -  निरन्तर परेको अविरल वर्षाका कारण पहिरो जाँदा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ नम्बर वडाको एक गाउँ नै उच्च जोखिममा परेको छ । बिहीबार राती देखि लगातार परिरहेको झरीका कारण वडाको रिठाबोटको बस्ती नै उच्च जोखिममा परेको हो । 

गाउँ मुनिबाट निरन्तर झरिरहेको पहिराका कारण स्थानीय कर्णबहादुर खत्री, वीरबहादुर खत्री, दलबहादुर खत्री, तेजबहादुर खत्री र रामबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय विनोद केसीले जानकारी दिनुभयो । 

वर्षा नरोकिएको र पहिरो झरिरहेका कारण गाउँ नै त्रसित रहेको उहाँले बताउनुभयो । उक्त परिवार जोखिम मोलेर घरमै बसिरहेका छन् । त्यस्तै स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर पहिरोको अनुगमन समेत गरेको छ । 

पहिरोबाट कति क्षति भयो भन्ने यकिन विवरण भने आइ नसकेको वडा सचिव धनकुमार शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया