हतियारसहित जुम्लामा चार जना पक्राउ

हतियारसहित जुम्लामा चार जना पक्राउ

सुर्खेत -  हतियारसहित जुम्लामा चार जना पक्राउ परेका छन । जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चने लेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित चार जना पक्राउ परेको पुष्टि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अर्जुनबहादुर चन्दले गर्नुभयो  ।

जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका थिए ।

घटना लगत्तै जुम्ला, मुगु र डोल्पाका नाकाबाटहरुमा प्रहरी खटाइएको थियो । घटना भएको झण्डै एक महिनापछि मुगुुमा पछिल्लो पटक स्थानीयले संकलन गरेको यार्सा लुटपाटमा संलग्न आठमध्य चार जनाको पक्राउ गर्न प्रहरी सफल भएको डआईजी चन्दले जानकारी दिनुभयो ।

‘अरु पनि पक्राउ परेको जानकारी आएको छ, तर त्यो ठाउँमा मौसम प्रतिकुलहुँदा एकिन जानकारी आएको छैन् । प्रहरीको टोली अहिले पनि घटनास्थलमै छ,’ उहाँले भन्नुभयो, ‘सम्भवत आज राती वा शनिवार विहानसम्म अनुसन्धानमा खटिएको टोली जुम्ला सदरमुकाम पुगेपछि घटनाको वास्तविक जानकारी दिन सकिन्छ । अहिलसम्म चार जना पक्राउ गरिएको छ । घटनामा संलग्न सबै प्रहरीले समातेको हुनसक्छ सम्पर्क भइरहेको छैन् ।’

उहाँले अनुसन्धानमा मुगु र जुम्लाबाट प्रहरीको संयुक्त टोली खटिएको बताउनुभयो । प्रहरी स्रोत जुम्लाकाअनुसार पातारासीकै आठ जना पक्राउ परेको र उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियारसमेत बरामद गरिएको छ ।

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल एक थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको ड्रेस, र ट्रेकिङ झोलासहित रहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ पर्नेमा जुम्ला पातारासी गाउँपालिकाका पशे भनिने गणेश भण्डारी, धनप्रसाद भण्डारी, नवराज बुढा, पुर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा र वीरबल बोहराको प्रहरीले जनाएको छ । गत जेठ १४ गते राती मुगमा यहीँ टोलीले दुईवटा हतियार र अन्य घरेलु हतियार देखाउँदै स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका थिए ।

विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लामा यार्सागुम्बा लुटपाट हुने गरेको थियो । ति घटनामा पनि प्रहरीले पक्राउ परेका व्यक्तिहरु नै संलग्न रहेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया