सुरक्षित भनेर सरेको ठाउँमै पहिरो जाँदा स्याङ्जामा ३ जनाको मृत्यु
काठमाडौँ । जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर शनिबार दिउँसो बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
पहिरोको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो। उनीहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो।
बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।
उक्त पहिरामा परी ५ जना घाइते भएका छन्। उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो।
प्रतिक्रिया