सामाजिक रुपान्तरण सवालमा अन्तरक्रिया

सामाजिक रुपान्तरण सवालमा अन्तरक्रिया

दैलेख – सामाजिक विकास कार्यालयले समाज रुपान्तरण लागि सामाजिक कुरीति हटाउन सवालमा अभियान चलाउने भएको छ । समाजमा विद्यमान कुरीति, कुसंस्कारलाई त्यागेर सुसभ्य समाजका लागि अग्रसरता जगाउने अभियानलाई सामाजिक रुपान्तरणका लागि युवाहरुसंग अन्तरक्रिया गरिएको छ । 

नगरपालिकाका वडा नंं. १, २, ६, ७, ८, ९, र ११ का १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु र जनप्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइराला र दैलेख उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौडेलले सामाजिक रुपान्तरका लागि युवाको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो ।

त्यस अन्तर जातीय विभेद सवाल र समाधानका उपाय विषयमा अधिकारकर्मी पत्रकार अमर सुनार र युवाहरुमा लागु औषध दुव्र्यसनी समस्या समाधान विषयमा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले प्रशिक्षण दिनुभएको थियो ।

 
नारायण नगरपालिकाका मेयर लोमन शर्माले युवाहरुको क्षमता विकासमा लागु औषध दुव्र्यसनी समस्या बनेको बताउनुभएको छ । सामाजिक विकास कार्यालय दैलेखले सदरमुकाममा गरेको नारायण युवाहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

कार्यक्रममा उपमेयर तप्ताकुमारी थापाले समाजमा विद्यमान जातीय विभेद, लैंगिक हिंसा, घरेलु हिंसा लगायतका सामाजिक कुसंस्कारहरु सामाजिक रुपान्तरणका वाधक बनेको औंल्याउनुभयो । सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख महेशकेशर खनालले समाजमा विद्यमान सामाजिक कुचलन हटाउन सामाजिक रुपान्तरण अभियान चलाइएको प्रष्ट्याउनुभयो । 
 

प्रतिक्रिया