निरन्तरको वर्षा सँगै आएको हावाहुरीले मकै बालीमा क्षति

निरन्तरको वर्षा सँगै आएको हावाहुरीले मकै बालीमा क्षति

रुकुम - निरन्तरको वर्षा सँगै आएको हावाले रुकुम पूर्वमा मकै बालीमा क्षति गरेको छ । आज दिउसो ३ बजेतिर चलेको हावाहुरीले जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर -४ को विभिन्न ठाउँमा लगाइएको बर्खे बाली मकैमा क्षति गरेको हो ।

वडाको तल्लो दादिङ, रागुना, झाँक्रीपोले र असारेच्युरी लगायतका ठाउँमा लगाइएको मकैमा हावाले क्षति गरेको छ ।

पछि लगाएको मकै सानो भएका कारण वडा अन्य ठाउँमा भने हावाले क्षति नगरेको वडा अध्यक्ष दलराज घर्तीले बताउनुभयो ।

वडा अध्यक्ष घर्तीका अनुसार यस क्षेत्रमा अघि रोपिएको मकै भएका कारण धानचौर गर्ने बेला भएको हुँदा हावाले क्षति गरेको जानकारी दिनुभयो । हावाले मकै बालीमा क्षति गरे पछि किसान चिन्तित भएका छन् ।

प्रतिक्रिया