पहिरोका कारण सल्यानमा दुईवटा राजमार्ग अवरुद्ध

पहिरोका कारण सल्यानमा दुईवटा राजमार्ग अवरुद्ध

सल्यान - सल्यानका विभिन्न तीन ठाउँमा पहिरो जाँदा दुईवटा राजमार्ग अवरुद्ध भएका छन् ।राप्ती राजमार्गमा दुई स्थान र दाङ सुर्खेत सडकखण्डको एक स्थानमा पहिरो जाँदा दुई राजमार्ग अवरुद्ध भएका छन् । 

राप्ती राजमार्ग अन्तरगत दाङ र सल्यानको सिमाना कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

 पानी परि रहेकोले पहिरो हटाउँदा पनि पहिरो झर्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि कपुरकोट क्षेत्रमा पहिरो गइरहेको र पहिरो हटाउँदै सडक संचालन गर्ने क्रम चलिहरको छ ।

त्यस्तै राप्ती राजमार्ग अन्तर्गत सल्यानको दार्मा गाउँपालिका -५  जलेखर्क बजार नजिकै  पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो   ।

उहाँका अनुसार सडकको छेउको भागबाट पहिरो गएकोले  राजमार्ग सञ्ंचालन गर्न कठिनाइ भएको छ ।  अहिले दुइतिर गरेर दुई दर्जनबढी  गाडी रोकिएका छन् भने सडक सञ्चालन गर्न डोजरको प्रयोग गरिएको छ ।

यसैगरी मदन भण्डारी राजमार्ग अन्र्तगत दाङ–सुर्खेत राजमार्ग अन्तर्गत कालिमाटी गाउँपालिकाका वडा नं -३ अस्रेनीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया