पहिरोले गोठ बगाउँदा भेट्टेचौरका एक  बालकको मृत्यु

पहिरोले गोठ बगाउँदा  भेट्टेचौरका एक  बालकको मृत्यु फाइल तस्बिर

रुकुम -  निरन्तरको वर्षा सँगै आएको पहिरोले गोठ बगाउँदा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर -१ भेट्टेचौरका एक  बालकको मृत्यु भएको छ । गए राति गोठ माथिबाट पहिरो झरेपछि कर्णबहादुर बुढाका ११ वर्षीय  छोरा संगम बुढाको मृत्यु भएको हो ।

 कर्णबहादुर सहित  उहाँकी श्रीमती  गोमा बुढा र छोरी तिलसरा  बुढाको अवस्था गम्भीर रहेको रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

कर्णबहादुरको परिवार केहि दिन अघिबाट सिस्ने गाउँपालिका वडा नम्बर २ को दल्लुगैरा भन्ने ठाउँमा भैँसी सहित परिवार बस्दै आएको थियो । २ घण्टा  लामो पैदल यात्रा गरी प्रहरी टोली घटनास्थल पुगी  घाइतेहरुको  उद्धार गरेको प्रजिअ शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया