विपदबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउन सांसद लेखकको माग

विपदबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउन सांसद लेखकको माग

काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपदबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले देशभर बाढीपहिरो र डुबानबाट क्षति भएको र क्षतिकाबारेमा सञ्चारमाध्यममा आएका घटना सुनेर र पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्नुभयो ।

नेता लेखकले सरकारले यसबारेमा सदनलाई स्पष्ट पार्न नसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, 'सरकारले विस्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन् तर सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनपर्‍यो ।’ सांसद लेखकले बाढीरपहिरो र डुवानबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न पनि आग्रह गर्नुभयो । 

त्यस्तै माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताउनुभएको छ । सांसद यादवले दुई ठूला दलले संविधान संशोधनमार्फत दुई दलिय प्रणालीमा लैजान खोजेको तर संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानका चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सैह्य नहुने बताउनुभयो ।

उहाँले संविधान संशोधन गर्नुपर्ने अवस्थामा सर्वपक्षिय र सर्वदलिय आधारमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको उल्लेख गर्दै विस्वासको मत नपाएमा स्वतः धारा ७६ (३) अनुसार सरकार बन्ने बताउनुभयो ।  

प्रतिक्रिया