टमाटरले उचित मूल्य पाएपछि सल्यानका कृषक उत्साहित

प्रतिकिलो एक सय रुपैयाँ

टमाटरले उचित मूल्य पाएपछि सल्यानका कृषक उत्साहित

सल्यान  -   सल्यानका किसानले टमाटर यो वर्षकै उच्च मूल्यमा बिक्री गरेका छन् । टमाटरले उचित मूल्य पाएपछि कृषक उत्साहित भएका छन् । पछिल्लो केही दिन यता टमाटर थोकमा ९५ देखि एक सय रुपैयाँसम्म बिक्री हुँदै आइरहेको छ । जसले गर्दा कृषकले यो वर्षको अहिलेसम्मकै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् । 

आज लागेको कृषि हाट बजारमा कृषकले थोकमा ९५ देखि एक सय रुपैयाँसम्मले टमाटर बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अविरल वर्षा, तराई जलमग्न हुनु र व्यापारिक प्रतिस्पर्धा हुँदा कृषकले कृषिजन्य बस्तुको राम्रो मूल्य पाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो हामीले यस वर्ष धेरै व्यापारिक केन्द्रमा पुगेर अन्तरक्रिया पनि ग¥यौं जसका कारण नयाँ व्यापारी आउनु भयो जसले व्यापारी बिच स्वच्छ प्रतिस्पर्धा हुँदा किसानले राम्रो मूल्य पाए । 

वर्षातको समय नसकिएकाले अझै टमाटरको मूल्य बढ्ने उहाँको भनाई छ । तराई जिल्ला डुबानमा पर्ने भएकाले तराईमा टमाटरको माग अत्यधिक बढ्ने शर्माको भनाई छ । 

आजको हाटबजारमा अन्य कृषिजन्य बस्तुले पनि राम्रो मूल्य पाएका छन् । किसानले बन्दा गोभी ३५, फूल गोभी ६५, भेडे खुर्सानी ५०, मसिना खुर्सानी १७५, अकबरे खुर्सानी २५० रुपैयाँ किलोमा बिक्री गरेका छन् । यस्तै सिमी १३५, काँक्रो लोकल ४५, मुला ४०, माछे खुर्सानी ४०, बोडी १०० रुपैयाँ किलो रुपैयाँ किलोमा बिक्री भएको छ । 

प्रतिक्रिया