रारा विमानस्थलमा सात दिनपछि आज उडान

रारा विमानस्थलमा सात दिनपछि आज उडान

मुगु – रारा विमानस्थलमा सात दिनपछि आज उडान भएको छ । नागरिक उड्यन कार्यालय ताल्चाका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् ।

यसअघि हवाई उडान नहुँदा यात्रु मुगुमै बस्न बाध्य थिए । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा अविरल वर्षा, बाक्लो हुस्सु र कुहिरोले हवाई उडान अवरुद्ध हुँदै आएको थियो । 

प्रतिक्रिया