संसदीय छानविन समितिले पीडितसँग छलफल गर्ने

संसदीय छानविन समितिले पीडितसँग छलफल गर्ने

काठमाडौँ – सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते अर्थात् भोलि पीडितसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारीका पीडितसँग प्रतिनिधिमुलक ढङ्गले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञसँग छलफल गरेको थियो ।

अब पीडितसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिने विशेष समितिका सभापति थापाले बताउनुभयो ।  

प्रतिक्रिया