बाख्रापालन व्यवसायबाट आत्मनिर्भर बन्दै पुनिया

बाख्रापालन व्यवसायबाट आत्मनिर्भर बन्दै पुनिया

काठमाडौँ -  सर्लाहीको गोडैता नगरपालिकमा -५ रामवनकी पुनिया देविको घरको आर्थिक अवस्था कमजोर थियो । सधैजसो पैसाको अभाव हुने गथ्र्यो । आफ्ना साना साना इच्छा आकाङक्षा पुरा गर्नका लागि पनि श्रीमानकै भर पर्नुपर्ने अवस्था थियो ।

घरको आर्थिक अवस्था पनि निकै कमजोर थियो । आयआर्जन गर्ने केही थिएन । र श्रीमानसँग पनि भनेको समयमा पैसा हुँदैन थियो । जस्ले गर्दा आफ्ना मनका इच्छाहरु अधुरै रहन्थे  । व्यवसाय गर्ने इच्छा थियो तर,उनीसँग व्यवसाय गर्ने पैसा थिएन । तर, अहिले उहाँका दिन फेरिएका छन् । 

उहाँका दिन बद्लिएसँगै  घरको आर्थिक अवस्था पनि बद्लिएको छ । चमेली बचत तथा ऋण सहकारी संस्थाबाट ८० हजार ऋण लिएर बाख्रापालन व्यवसाय सुरु गरेपछि दिन फेरिएका उहाँ बताउँनुहुन्छ । पहिले पहिले जिविकोपार्जनका लागि बाख्रा पाल्दै आएकी पुनिया देवि अहिले व्यवसायिक रुपमै बाख्रापालन व्यवसाय गर्दै आउनुभएको छ  । 

बाख्रापालनसँगै उहाँले अहिले सफल उद्यमीको परिचय समेत बनाउनुभएको छ  । पहिले आफ्ना साना साना इच्च्छा पुरा गर्न पनि श्रीमानको भर पर्नुपर्ने र श्रीमानसँग पैसा माग्नुपर्ने मेरो अवस्था थियो',उहाँले भन्नुभयो, 'तर,अहिले सहकारीबाट ऋण लिएर व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय थाले देखि अवस्था बद्लिएको छ ।’

पुनिया देविले बाख्रापालन व्यवसाय नगर्नु पहिले घरको आर्थिक अवस्था निकै कमजोर थियो । जब बाख्रापालन व्यवसाय सुरु गर्न थाल्नुभयो तब उनलाई पैसाको समस्या भएन । बाख्रापालन व्यवसाय थाले देखि आफूसँग पैसा हुने र आफूलाई इच्छा लागेको कुरा सहजै पुर्ति हुने उहाँ बताउँनुहुन्छ ।  पहिले श्रीमानको भर पर्नुपथ्र्यो उहाँलाई अहिले श्रीमानको भर पर्नुपर्दैन ।

पुनिया देविका श्रीमानले मिस्त्री काम गर्छन  भने पुनिया देविले  बाख्रापालन व्यवसाय गर्दै आउनुभएको छ । पुनिया देविले बाख्रापालन व्यवसाय गर्न थालेको पाँच वर्ष भएको उनी बताउँछिन् ।  चमेलीबाट ८० हजार ऋण लिएर बाख्रापालन व्यवसाय सुरु गरेँ',उहाँ भन्नुहुन्छ,  'चमेलीबाट हालसम्म तीनपटक ऋण लिएर बाख्रापालन व्यवसाय गर्दै आएकी छु  ।'

बाख्रापालन व्यवसाय सुरु गरेकी उनले सुरुमा एउटा बाख्रा खरिद गर्नुभएको थियो  । अहिले १६ वटा बाख्रा रहेका छन् । बाख्रापालन व्यवसाय गरेदेखि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । अहिले उहाँले कुनै महिनामा बाख्राबाट ४० र कुनै महिना ८० हजारसम्म कमाउने गरेको बताउँनुहुन्छ ।

बाख्रापालन व्यवसाय मलाई निकै फाबेको छ र बाख्राबाट धेरै मनग्य आम्दानी गर्दै आएको छु',उहाँले भन्नुभयो,  'समस्या हुने गर्दथ्यो बाख्रापालन व्यवसाय सुरु गरेबाट पैसाको समस्या नभएको उहाँ बताउँनुहुन्छ ।

पहिले पैसाको निकै समस्या हुनथ्यो सानासाना आवश्यक्ता पुरा गर्नका लागि श्रीमानसँग माग्नुपर्ने हुन्थ्यो श्रीमानसँग पनि हुँदैन थियो ।

सहकारीबाट ऋण लिएर आफैले बाख्रापालन व्यवसाय गरेदेखि पैसाको समस्या भएको छैन  । अहिले पैसा आवश्यक परेको बेला श्रीमानलाई समेत पैसा दिने गरेको पुनिया देवि बताउँनुहुन्छ  । 

पहिले श्रीमानसँग पैसा माग्दा निकै अप्ठेरो लाग्छ अहिले आफैले बाख्रापालन व्यवसाय गर्दा बाख्राबाट आएको पैसा आफैसँग हुन्छ आफुलाई मन लागेको चिज किन्छु र पैसा आफै बचत गर्ने गरेको उहाँ बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘बाख्रापालन व्यवसायबाट आम्दानी गरेको पैसा छोराछोरीको पढाईमा, खेत किनेँ, र अरु पैसा समूहमा चम्मा गर्ने गरेको छु  । ऋण लिएको ठाउँमा किस्ता तिर्ने लगायत यस्तै ठाउँहरुमा लगानी गर्ने गरेको छु । आगामी दिनहरुमा अझै बाख्रापालन व्यवसायलाई बढाउँदै लैजाने सोच बनाएकी छु  ।’ 

प्रतिक्रिया