असोज ८ देखि ११ गतेसम्म कोरियन भाषा परीक्षा सञ्चालन हुने

असोज ८ देखि ११ गतेसम्म कोरियन भाषा परीक्षा सञ्चालन हुने

काठमाडौँ -  ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको छ। आज (असार२५ गते) सूचना प्रकाशित गरी सन् २०२४ को विशेष कोरियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो।

सूचना अनुसार परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। त्यसका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका घोषणा हुने छ। असोज ८ देखि ११ सम्म सञ्चालन हुने परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ।

ईपीएस शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ। जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान छ।

प्रतिक्रिया