मनोसामाजिक सहायतासम्बन्धि पाँच दिने तालिम सम्पन्न

मनोसामाजिक सहायतासम्बन्धि पाँच दिने तालिम सम्पन्न

 

दैलेख -  सोसेक नेपालका कर्मचारी तथा पदाधिकारीहरुका लागि मनोसामाजिक सहायता, सकारात्मक अभिभावकत्व र कृत्रिम घटना अभ्यास सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ । 

वर्ल्ड  भिजन ईन्टनेश्नल नेपालको साझेदारी सोसेक नेपालको आयोजनामा असार २३ गते देखि २७ गते सम्म संचालन भएको थियो । 

तालिममा बालप्रायोजन, बाल संरक्षण, सामाबेसी तथा गुणस्तरीय शिक्षा परियोजनाको १४ जना,  सेफ हाउसको २ जना, गल्सम्याटर  परियोजनाको ५ जना र १ जना सोसेक नेपालको बोर्ड सचिव गरि जम्मा २२ जनाको सहभागीता रहेको थियो  । 

तालिममा तीन दिन मनोसामाजिक साहायता र दुइ दिन सकरात्मक अभिभावकत्व सम्बन्धि तालिममा मनोसामाजिक साहायता भनेको केहो ? यो साहायता कसरी र कस्तो व्यक्तिलाई  किन आवस्यकता पर्छ ? र यस्तो व्यक्तिहरुको लक्षण कसरी पहिचान गर्ने ?   कसरी साहायता प्रदान गर्ने भन्ने सम्बन्धि प्रगोगात्मक अभ्यासहरु गरिएको बालप्रयोजन,बालसंरक्षण, समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना शिक्षा अधिकृत जनक प्रसाद अधिकारीले बताउनुभयो । 

 त्यस्तै सकरात्मक अभिभावक शिक्षा कस्तो बेला कसरी, लक्षित समुदाय र व्यक्ति पहिचान गरि शिक्षा दिँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा, छलफल, प्रयोगात्मक कक्षा, र समुहकार्य समेत गरिएको अधिकृत अधिकारीले बताउनुभयो । 

मनोसामाजिक सहायता, सकारात्मक अभिभावकत्व र कृत्रिम घटना अभ्यास सम्बन्धि पाँच दिने तालिम समापन कार्यक्रममा बोल्दै  प्रमुख अतिथि तथा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह  थापाले तालिमको कुरा व्यवहारमा उतार्न सकिएन र आफुजस्तै अरु दुईजना व्यक्ति तयार गर्न सकिएन भने तालिम लिएको कुनै अर्थ नरहने बताउनुभयो । 'तालिमपश्चात् यहाँहरुले यहाँ सिकेको कुरालाई व्यवहारमा उतार्दै यहाँहरुले आफैबाट सकारात्म सोचको विकास गर्दै समाजमा पनि सकारात्मक सोचको विकासका लागि लाग्नुहुनेछ भन्ने आशा छ',उहाँले भन्नुभयो ।

समाजमा जरा गाडेर रहेको महिला हिंसा, महिनावारी विभेद, बालविवाह हाम्रो समस्याको रुपमा रहेको छ र यसलाई समाधान गर्न हरेक क्षेत्रबाट जागरुक भएर लाग्नुपर्ने उहाँको भनाई छ । 

तालिमले बालबालिकाको अभिभावकलाई दिने शिक्षा र मनोसामाजिक परामर्श आवाश्यक परेको व्यक्तिहरुको लागि  भएकोले सोही अनुसार सबैले आ-आफ्नो कार्यक्षेत्रमा सुरुवात गर्न तालिमका प्रशिक्षक विष्णु नेपाली अनुरोध गर्नुभयो । समाजका विभिन्न समस्या समाधानको लागि बालवालिकाको अभिभावकहरुलाई दिने शिक्षा र मनोपरामर्शको आवश्यक छ',उहाँले भन्नुभयो, 'आशा छ त्यस्का लागि सबैजना आ-आफ्नो ठाउँबाट आफ्नो कार्यक्षेत्रमा सुरुवात गर्नुहुनेछ ।'

सोसेक नेपालको सचिव तथा समापन कार्यक्रमका अध्यक्ष समेत रहनुभएकी ललिता भण्डारीले तालिम हाम्रो संस्थाको कर्मचारीहरुको लागि अति आवश्यक रहेको र त्यो पुरा भएको बताउनुभयो । हाम्रो संस्थाको अन्य परियोजनामा कार्यरत कर्मचारीका लागि पनि यस्तै तालिमको आयोजना गर्न सके राम्रो हुन्थ्यो',उहाँले भन्नुभयो,   'हाम्रो स्टाफहरुलेनै कार्यक्षेत्रमा भइपरि आउने सवालको समाधान गर्न सहज हुने थियो ।' 

असार २३ गते देखी असार २७ गते सम्म सञ्चालन भएको उक्त तालिमको  सहजिकरण सुमन धिमाल ,र विष्णु नेपालीले गर्नुभएको थियो ।

प्रतिक्रिया