राष्ट्रपति पौडेललाई भेटेर फर्किए प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति पौडेललाई भेटेर फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ -   राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवासबाट फर्किनुभएको छ ।

उहाँले संसद्मा शुक्रबार दिउँसो भएको विश्वासको मतको प्रक्रियाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएर फर्किनुभएको हो । 

प्रचण्डले संसद्बाट पाँचौँ पटक विश्वासको मत गुमाउनुभएको छ । यो सँगै उहाँ नेतृत्वको सरकार १८ महिनापछि ढलेको छ।  सरकार ढलेसँगै नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कसरतमा जुटेका छन्।

प्रतिक्रिया