चीनमा बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध अभियान सुरु

चीनमा बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध अभियान सुरु

काठमाण्डौ – चीनले बालबालिका लक्षित हानिकारक सामग्री तथा सामाजिक सञ्जालमा प्रतिबन्ध अभियान सुरु गरेको छ । यो अभियानमा सामाजिक सञ्जाल, भिडियो एप गेमिङ र सपिङ प्लेटफर्मलगायतका क्षेत्रमा कडा निगरानी र कडाइ गर्न थालिएको छ ।

चीन राजनीतिक नेतृत्वले घरेलु वेबलाई कडाइका साथ नियमन गरी अश्लील तथा राजनीतिक रूपमा नकारात्मक मानिने सामग्रीमा सेन्सर नै गर्ने भएको छ । चीनको इन्टरनेट वाचडगले इन्टरनेटमा बालबालिकाको सुरक्षालाई थप प्रभावकारी साथै स्वस्थ, सुरक्षित अनलाइनको वातावरण बनाउने गरी दुई महिनाको ‘क्लियर एन्ड ब्राइट’ अभियान सुरु गरेको हो ।

छोटो–भिडियो, लाइभ स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल, अनलाइन सपिङ प्लेटफर्म, एप स्टोर, बालबच्चाका लागि स्मार्ट उपकरण र नाबालिगका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित अहिले देखिएका प्रमुख समस्याको धेरै समाधान गर्न सहयोग पुग्ने चीनको साइबर स्पेस प्रशासनले उल्लेख गरेको सिन्ह्वाले जनाएको छ । 
 

प्रतिक्रिया