बाढीपहिरोमा परेर एक महिनामा १ सय ८ जनाको मृत्यु

बाढीपहिरोमा परेर एक महिनामा १ सय ८ जनाको मृत्यु

काठमाडौँ – देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण एक महिनामा एक सय आठ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोलगायत विपदमा परेर एक सय आठ जनाको ज्यान गएको हो ।

ज्यान जानेमा काठमाण्डौ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् । यस्तै एक सय १९ जना घाइते भएका छन् । बाढीको कारण एक सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

यस्तै दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् । 

प्रतिक्रिया