कालीकोटमा चट्याङ लागेर १४ भेडा मरे

कालिकोट - कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन्।
खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेका र २० वटा भेडा घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताउनुभयो ।
‘प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्’, उहाँले भन्नुभयो, ‘स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते भएका छन्।’
वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन्।

गलत गर्ने जुनसुकै होस कारवाही हुनुपर्छ :शाही

पेट्रोलियम अन्वेषणले जगाएको आशा

चामुण्डाविन्द्रासैनी नगरपालिकाको आठौं स्थापना दिवसमा ७ जना कर्मचारी सम्मानित

कर्णाली प्रदेशबाट ३७ हजार विद्यार्थीले एसईई दिदै १८० परिक्षा केन्द तोकिए

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त फागुन २३ गते हुने,प्रधानमन्त्री आउने

प्रतिक्रिया