रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालबालिकाको मृत्यु

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालबालिकाको मृत्यु

काठमाडौँ – रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको ज्यान गएको छ । आठबिसकोट नगरपालिकाको गिजागार खोलामा बाढी आउँदा एक जना वेपत्ता हुनुका साथै सात जना घाइते भएका छन् ।

गएराति आएको बाढीले आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा बाढीले घर बगाउँदा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको ज्यान गएको आठविसकोट नगरपालिकाका मेयर रबी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइहेको छ ।

घाइतेहरु १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामीको नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया