परराष्ट्रमन्त्री देउवालाई भेट्न पुगे भारतीय राजदूत श्रीवास्तव

परराष्ट्रमन्त्री देउवालाई भेट्न पुगे भारतीय राजदूत श्रीवास्तव

काठमाडौँ -   नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटनुभएको हो । भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको बताइएको छ । 

भारतीय राजदूतले आजै उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पनि भेटवार्ता गरेर बधाई तथा शुभकामना दिनुभएको थियो । 

प्रतिक्रिया