तल्लो डुंगेश्वरको बादी बस्तीमा खानेपानी

तल्लो डुंगेश्वरको बादी बस्तीमा खानेपानी

दैलेख – दुल्लु नगरपालिका १ तल्लो डुङ्गेश्वरको बादी बस्तीमा शौचालय निर्माण तथा खानेपानीमा पहुँच पुराउने उद्देश्यले बस्तीमा खानेपानी योजना सम्पन्न भएको छ । बस्तीदेखि करिब अढाई किलोमीटर टाढाको भुवापानी मुहानबाट बस्ती खानेपानी पु¥याइएको हो । 

स्थानीय हिरासिंह वादीका अनुसार आफूहरुले शौचालय नहँुदा जंगल र झाडीमा जानुपर्ने बाध्यता रहेको थियो । वर्षायाममा बृृद्धबद्धा र बालबालिकाहरुलाई अझैं बढी समस्या पर्ने गरेकोमा अहिले शौचालय निर्माण भएपछि धेरै सहज भएको उहाँको भनाई छ । 

पहिले खानेपानी लिन रेवतीखोला जानुपर्ने महिलाहरुको दिनचर्या थियो, अहिले सहज पहुँच पुगेको स्थानीय देबीसरा बादीले सुनाउनुभयो ।  एकीकृत जलस्रोत परियोजना (हेल्भेटास), यूनिसेफ नेपाल, दुल्लू नगरपालिकाको साझेदारी, सोसेक नेपालको सहजिकरण र स्थानीय श्रमदान समेत गरि करिब ७१ लाख संयुक्त लगानीमा नमुना बस्तिमा २२ वटा धारा जडान गरिएको सोसेक नेपालका सव ईन्जिनियर डम्बर केसीले बताउनुभयो  । 

त्यहाँको बादी बस्तीका १५ वटा घरलाई सबैलाई नयाँ शौचालय निमार्ण गरिएको र ५ वटा शौचालय मर्मत गरिएको छ । २२ वटा खानेपानी धारा निर्माण गरिएको जानकारी फिल्ड प्राविधिक डम्वर केसीले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया