साउन ६ गते प्रधानमन्त्री ओली विश्वासको मत लिँदै

साउन ६ गते प्रधानमन्त्री ओली  विश्वासको मत लिँदै

काठमाडौँ  -   प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । 

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री हुनुभएको हो । 

संविधानको धारा ७६ (४) बमोजिम उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

प्रतिक्रिया