खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता

खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता

काठमाडौँ -  जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन्। 

बिहीबार दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया