कांग्रेस सभापति देउवाद्वारा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

कांग्रेस सभापति देउवाद्वारा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ  -  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारिकाज होटल एवं रिसोर्टका सञ्चालक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको ९२ वर्षको उमेरमा उपचारका क्रममा यही साउन ३ गते निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

सभापति देउवाले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

स्व श्रेष्ठ हिमाल मिडिया प्रालिको संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्वअवैतनिक महावाणिज्यदूतसमेत हुनुहुन्थ्यो । साढे छ दशकदेखि नेपालको पर्यटन तथा होटल व्यवसायका क्षेत्रमा अनवरत रुपमा संलग्न रहेर यस क्षेत्रको श्रीवृद्धिमा उहाँले उल्लेखनीय योगदान पु¥याउनुभएको थियो ।

सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय उहाँले पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया