कर्णाली सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

काठमाडौँ  -  कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै माओवादी सरकारबाट बाहिरिएको हो । माओवादीका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका छन् ।

माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका हुन् ।

केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।  चारजना गत वैशाख १८ मा नियुक्त भएका थिए ।

प्रतिक्रिया