कर्णाली सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीले दिए राजीनामा
काठमाडौँ - कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै माओवादी सरकारबाट बाहिरिएको हो । माओवादीका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका छन् ।
माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका हुन् ।
केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । चारजना गत वैशाख १८ मा नियुक्त भएका थिए ।
प्रतिक्रिया