कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि

कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि

झापा – पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार आर्थिक वर्ष २०७९/८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

मधेशबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरकाअनुसार एक वर्षमा एक करोड ३५ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको दुई सय नौ मेट्रिक टन फापर आयात भएको छ ।

प्रतिक्रिया