पहिराे राेक्न पर्खाल लगाउदै गर्दा भित्ता भत्किएर ज्यान गयो

पहिराे राेक्न पर्खाल लगाउदै गर्दा भित्ता भत्किएर ज्यान गयो तस्बिर साैजन्य : मनसरा बिष्ट

दैलेख – बुधबार दिउँसो पहिराे राेक्न लगाउदै गरेकाे भित्ता भत्किएर दैलेखमा एकको ज्यान गएकाे छ । ठाँटीकाँध गाउँपालिका–२ चौताराका ५५ वर्षी सेते भन्ने शेरबहादुर बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक मगराठीले जानकारी दिनुभयो । 

घरको करेसा साइडमा पहिरो रोक्न पर्खाल लगाउन लाग्दा आएको पहिराेले पुरिए लगतै स्थानीयले माटाे हहटाएर मृतकको शव निकालेका थिए । पहिरोमा परी घाइते भएका उहाँका ३ वर्षे नाति प्रवेश बमलाई उपचारका लागि सुर्खेत तर्फ लगिएको स्थानीय मनसरा बिष्टले बताउनुभयो । मृतकका श्रीमति, तीन छोरा, एक छोरी, एक बुहारी र एक नाति छन् । 

मनसुन सुरु भए यता वर्षाको कारण ज्यान जाने सेते तेश्रो व्यक्ति हुनुहुन्छ । यसअघि गत साता दैलेखको नौमूले गाउँपालिकाका–६ की १३ वर्षीया मनिषा चन्द र नौमूले गाउँपालिकाका–२ का ४५ वर्षीय लक्षिराम सलामीको खोलाले बगाएर ज्यान गएको थियो ।   

प्रतिक्रिया