खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

खोलाले बगाएर दुई किशोरीको ज्यान गयो मृतक सपना बुढा र भावना बुढा

दैलख – पौडी खेलिरहेका एकै घरका दुई किशोरीहरुलाई खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । 

गाई–बाख्रा गोठाला गएकी किशोरीहरु छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेकामा झण्डै पाँच सय मीटर टाढा काफलखेत नजिक सपना र करिब तीन किलोमीटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको बताइएको छ । 

पौडी खेल्न राम्रै जानेका यी फुपूभतिजी बगे लगतै वारीपारीबाट देख्नेहरुले उद्धार गर्न खोजेको तर खोला धमिलो र बहाव पनि धेरै भएको कारण खोला किनारामा मृत फेला पारिएको स्थानीय बिष्णु बुढाले बताउनुभयो । दुबै जना मालिका मावि बाँसीको कक्षा ९ का विद्यार्थी हुनुहुन्थ्यो । 
 

प्रतिक्रिया