क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

हुम्ला -  जिल्लाको सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षीय क्यान्सरपीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ ।

दीपेश बुढा मस्तिष्क क्यान्सर (ब्रेन ट्युमर) ले ग्रसित हुँदा उपचारका लागि आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् ।

चिकित्सकका अनुसार क्यान्सरबाट पीडित छोराको शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावले समस्या भएको बुबा बलबहादुर बुढाले गुनासो पोख्नुभयो । छोरालाई शल्यक्रिया गर्न काठमाडौँ पु¥याइएको जनाउँदै रकम जुटाउन नसक्दा शल्यक्रिया नभएको उहाँले बताउनुभयो ।

छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताउनुभयो । बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

आइतबारदेखि सहयोग सङ्कलन थालिएको बताउँदै वडाध्यक्ष बुढाले हिजो पहिलो दिन रु ४३ हजार १५ सङ्कलन भएको जानकारी दिनुभयो । “क्यान्सरपीडित बालकलाई सहयोग गर्न बालकका नाममा रहेको वाणिज्य बैङ्कको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत सहयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया